उत्तर जिल्लामा विद्या भारती सक्रिय

IMG-20241117-WA0244

गान्तोक: विद्या भारती सिक्किम अन्तर्गत उत्तर जिल्लामा सञ्चालित सरस्वती संस्कार केन्द्रमा संस्कृति, स्वास्थ्य र सेवा आदि विषयहरूमा नि:शुल्क शिक्षा शुरु गरिएको छ। संस्थाले देशभक्ति, मूल्यमान्यता, भारतीय परम्परा, शिक्षा, संगीत, खेलकुद आदिमा विद्यार्थीहरूको चौतर्फी विकासका लागि सेवाहरू प्रदान गर्दै आएको छ। सरस्वती संस्कार केन्द्र, माङ्गशिला र अप्पर झुसिग जस्ता ग्रामीण आदिवासी क्षेत्रहरुमा यस प्रकारको अभियान तेज गरिएको छ। संस्थाकी शान्ति विश्वकर्मा र चन्द्र सुब्बाले आचार्यको रूपमा सेवाभावका साथ केन्द्रको हेरचाह गरिरहेका छन् भने समाजमा सकारात्मकता, एकता र सदभाव कायम राख्ने काम भएको छ। मुख्यगरि लागुऔषधिको नकारात्मक असरबाट युवाहरुलाई जोगाउन र जनचेतना कार्यक्रमलाई स्थानीय समाजहरुको सहोयगमा सफलतासित पूरा गर्दै आएको छ। सरस्वती संस्कार केन्द्रमार्फत पर्यावरण, पानी, उर्जा संरक्षण, निःशुल्क स्वास्थ्य शिविर, शैक्षिक गतिविधिहरु सञ्चालन गरिकरहेको छ। संस्थानले समाजलाई जोड्ने काम गरिरहेको भने संस्कार केन्द्रले पश्चिम सिक्किममा पनि केन्द्र सञ्चालन गरिरहेको छ। विद्या भारती अखिल भारतीय शिक्षा संस्थानको योजना अन्तर्गत देशको दुर्गम आदिवासी सीमान्त क्षेत्र, चियाबगान, तटीय र पहाडी क्षेत्रमा सञ्चालन गर्दै आएको छ।

About Author

Advertisement