रेलको धक्काले अजिंगर घाइते

IMG-20241117-WA0190

सिलगढी: रेलको धक्काबाट एक अजिंगर घाइते भएको छ। वन विभागले अजिंगरलाई उपचारका लागि उद्धार गरेको छ। घटनालाई लिएर राजगञ्ज गोकुलभिटा गाउँमा हलचल छ। दुई दिनअघि राजगञ्ज ब्लकको गोकुलभिटा गाउँमा रेल लाइन पार गर्ने क्रममा अजिंगर घाइते भएको थियो। त्यसयता यताउता हिँडडुल गरे पनि वन विभागले अजिंगरलाई समात्न सकेको थिएन। अन्ततः आइतबार बिहान स्थानीयले अजिंगरलाई घाइते अवस्थामा फेला पारे। खबर पाएलगत्तै वनकर्मीहरुले घाइते अवस्थामा अजिंगरलाई बचाए। यस सम्बन्धमा बब्लु सरकारले दुई दिनअघि एउटा अजिंगरलाई रेलले धक्का दिएको बताए। अजिंगरको मुखको एक भागमा चोट लागेको छ। यता वनकर्मीहरुले अजिंगर घाइते भएको बताएका छन्। उपचारबाट निको भएपछि जंगलमा छोडिनेछ। गाउँ नजिकै खोला छ। यो जंगलबाट खोला हुँदै आएको मानिन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement