बारपेटा (असम): बारपेटा जिल्लाको सरभोग क्षेत्रमा भएको आगलागीमा एकजना मानिसको घर पूर्ण रूपले जलेर खरानी भएको छ।गए राति सरभोगको आमगुड़ी क्षेत्रस्थित नयन कलिताको घर आगलागीको चपेटमा परेर पूर्ण रूपले स्वाहा भयो।
घटना घट्दा नयन कलिताको घरमा परिवारका कोही पनि सदस्य उपस्थित थिएनन्। आगलागीमा नजिकैको बापन किता र रविन कलिताको घर पनि आंशिक रूपमा क्षतिग्रस्त भएको छ। यस आगलागीमा लाखौं रुपियाँको सम्पत्ति नष्ट भएको छ। तथापि आगलागीको कारण अहिलेसम्म पत्तो लाग्न सकेको छैन।