रिनाक कराते कर्वड हलमा बाल दिवस कार्यक्रम पालन

n63960773017318669113391a744db126fe9845ea5a2562ceffcff10ea4875e2f2e37eab2034e2f8d35980a

रिनाक: सेल्फ डिफेन्स सितोरियो कराते डोले पाकिम जिल्लाअन्तर्गत रिनाक बजारस्थित कराते कर्वड हलमा आज बाल दिवसलाई लिएर एक छोटो कार्यक्रमको आयोजना गऱ्यो। १४ नोभेम्बरको दिन बाल दिवस पालन गरिने भए तापनि सबै कराते प्रशिक्षार्थीहरू स्कूल-कलेज छात्रावासमा रहने हुनाले आज उक्त कार्यक्रम आयोजना गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
रिनाक राम गौरी सङ्ग्रहालयका अध्यक्ष तथा एक सक्रिय समाज सेवी गणेश कुमार प्रधानको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रम सेल्फ डिफेन्स सितो-रियो कराते डो पाकिम जिल्लाका प्रचार सचिव भानुराज थापा, कोषाध्यक्ष धनिका मुखिया, प्रमुख प्रशिक्षक कुलहरि राई, सेनसाईद्वय, सेम्पाई, अन्य प्रशिक्षक तथा अभिभावकहरू उपस्थित थिए।
प्रमुख अतिथिको बाहुलीबाट सर्वपल्ली राधा कृष्णनको तस्विरअघि दिप प्रज्जवलन, माल्यापर्ण गरिएपछि प्रशिक्षार्थी नानीहरूको सहभागितामा केक काटियो। सबै प्रशिक्षार्थीहरूलाई अतिथिद्वयको बाहुलीबाट खादा अर्पण गरेर बधाई दिइयो।यसरी नै मुख्य अतिथिको रूपमा गणेश कुमार प्रधानले गत १९९० देखि रिनाकमा कराते प्रशिक्षण शुरू गरिएको जानकारी गराए। उनले प्रशिक्षकको मेहनतले नानीहरूमा शारीरिक, मानसिक, बौद्धिक विकास हुँदै जाने बताउॅंदै प्रशिक्षकहरूप्रति कृतज्ञता व्यक्त गरे। यस अवसरमा कराते प्रमुख प्रशिक्षक कुलहरि राईले खेल विषयमा प्रकाश पार्दै बाल दिवसको शुभकामना दिए। उनले सबै प्रशिक्षार्थीहरू स्कूलमा रहने हुँदा आज आइतवार छुट्टीको समयमा बाल दिवस पालन गरिएको बताए। यसैगरी, सेनसाई प्राञ्जल विश्वकर्माले कराते खेलमाथि प्रकाश पारेका थिए।

About Author

Advertisement