झाँसी मेडिकल कलेजमा भीषण आगलागी हुँदा १० जना शिशुको मृत्यु, प्रधानमन्त्री राहत कोषबाट क्षतिपूर्तिको घोषणा

00-1-Jhanshi-Medical-College

महारानी लक्ष्मीबाई मेडिकल कलेजको विशेष नवजात केयर युनिट (एसएनसीयु) मा भीषण आगलागी हुँदा १० नवजात शिशुको जलेर अनि निसास्सिएर मृत्यु भएको छ। आगो लागेको वार्डमा ५५ नवजात शिशु भर्ना गरिएको डिभिजनल कमिश्नर विमलकुमार दुबेले जानकारी दिए। ४५ नवजात शिशुको सकुशल उद्धार गरिएको छ। उनीहरूको उपचार भइरहेको छ। उत्तर प्रदेश सरकार, केन्द्र सरकार र प्रधानमन्त्री राहत कोष तीनैले क्षतिपूर्ति घोषणा गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री कार्यालयले एक्समा लेख्यो हृदयविदारक! उत्तर प्रदेशको झाँसीको मेडिकल कलेजमा भएको आगलागीको घटना हृदयविदारक छ। ‘आफ्ना निर्दोष शिशुहरूलाई गुमाउनेहरूप्रति मेरो गहिरो समवेदना। उनीहरूलाई यो अपार दुःख सहन सक्ने शक्ति प्रदान गरून् भनी भगवानसँग प्रार्थना गर्दछौं’, भनिएको छ। सेना र दमकलले मिलेर आगो निभाए। बालबालिकालाई उत्कृष्ट चिकित्सा उपचार भइरहेको छ, उनीहरु छिट्टै निको हुनेछन्। आज बिहान उपमुख्यमन्त्री बृजेश पाठक मेडिकल कलमा पुगे। झाँसी मेडिकल कलेज दुर्घटनामा ज्यान गुमाएका परिवारलाई सरकारले ५ लाख रुपियाँ दिने घोषणा गरेको छ। घाइतेका परिवारलाई जनही ५० हजार रुपियाँ सहयोग गरिने भएको छ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ करिब १५ दमकल घटनास्थलमा पुगेको थियो। सेना पनि बोलाइयो। सेना र दमकलले मिलेर आगो निभाएका थिए। बालबालिकालाई उत्कृष्ट चिकित्सा उपचार भइरहेको छ, उनीहरु छिट्टै निको हुनेछन्। आज बिहान उपमुख्यमन्त्री बृजेश पाठक मेडिकल कलेज पुगेका छन्। १० नवजात शिशुको मृत्यु भएपछि अस्पताल परिसरमा हंगामा मच्चिएको छ। अभिभावकले पनि आफ्ना नानीहरूलाई बचाउन आग्रह गरिरहे। प्रत्यक्षदर्शीका अनुसार शुक्रबार राति करिब साढे ११ बजे वार्डबाट धुवाँ निस्किएको देखिएको थियो। मानिसहरूले केही बुझ्नुअघि नै आगो निस्कन थाल्यो। केहीबेरमै आगलागीले वार्डमा भागदौड मच्चाएको थियो। शिशुहरूलाई बाहिर निकाल्ने प्रयास गरिएको थियो तर ढोकामा धुवाँ र आगोका कारण समयमै बाहिर निकाल्न सकिएन। दमकल पुगेपछि शिशुलाई बाहिर निकाल्न सकियो। पहिले अक्सिजन कन्सेन्ट्रेटरमा आगो लागेको र केही बेरमै पूरै वार्ड आगोले जलेको बताइएको छ। मुख्यमन्त्री योगी आदित्यनाथको निर्देशनमा उपमुख्यमन्त्री तथा चिकित्सामन्त्री ब्रजेश पाठक मेडिकल कलेज पुगे। उनको साथमा स्वास्थ्य प्रमुख सचिव पनि थिए। झाँसी डिभिजनल कमिश्नर र प्रहरी नायब महानिरीक्षकलाई दुर्घटनाको अनुसन्धान गर्न निर्देशन दिइएको छ। दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्रीले १२ घण्टाभित्र छानबिन गरी प्रतिवेदन बुझाउन निर्देशन दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement