किमाथाङ्मामा रहेको भन्सार कार्यालय कर्मचारी बिहीन रहदा सेवग्राही सस्ती भोग्न बाध्य

IMG-20241116-WA0174

चैनपुर (नेपाल): सङ्खुवासभाको नेपाल चीन सीमा नाका किमाथाङ्मा भन्सार कार्यालय रहे पनि कर्मचारी बिहीन अवस्थामा छ। नौ जनाको दरबन्दी रहेको सो भन्सार कार्यालयमा एक जना कार्यालय सहयोगी मात्र रहेका छन्। भन्सार कार्यालयमा कर्मचारीविहीन रहदा भोट खोलावासीले सास्ती भोग्नू परेको दु:खेसो पोख्छन्। किमाथाङ्का भन्सार कार्यालय गत अक्टोबर २२ देखि एक जना कार्यालय सहयोगीको रूपमा संचालन गर्दै आएको छ। भन्सार कार्यालयका प्रमुख बलबहादुर श्रेष्ठको भैरहवा भन्सार कार्यालय सरुवा भएपछि कार्यालय सहयोगीको भरमा सो कार्यालय चलिरहेको छ। उत्तरी क्षेत्र किमाथाङ्कामा विसं १९८० मा भन्सार कार्यालय स्थापना भएको थियो। द्वन्द्व कालमा  भोटखोलाको हटियामा रहेको सीमा भन्सार विसं १९९७ देखि सदरमुकाम खाँदबारीमा रहेको छ। भन्सार कार्यालय हाल कोष तथा लेखा नियन्त्रकको कार्यालय भवनमा राखिएको छ। उता किमाथाङ्का सीमा भन्सार कार्यालयले करिब २३ वर्षदेखि सदरमुकाम खाँदबारीमै राखिएको कारण कारण सेवाग्राहीले सास्ती ब्यहोर्नु परिरहेकको गुनसो गर्दछन्। किमाथाङ्का सीमा भन्सारको कामका लागि तीन–चार दिनको पैदल यात्रा तय गरेर सेवाग्राहीले राजस्व बुझाउन सदरमुकाम खाँदबारी नैधाउनुपर्ने बाध्यता सेवाग्राहीहरुको छ। भन्सार कार्यालय सदरमुकाममा रहेपछि  सेवा पेचिलो भएको हो। उत्तरी क्षेत्र किमाथाङ्का नाका गत मई २८ मा सञ्चालनमा आए पनि भन्सार कार्यालय नाका क्षेत्रमा नहुँदाको अबस्थामा भोट खोलावासीले सास्ती पाएका छन्। भन्सार कार्यालयले गत वर्ष रु ७५ हजार ५५७ राजस्व संकलन भएको बताए। मई २८ मा नाका संचालनमा आएपछि किमाथाङ्का भन्सार कार्यालयले रु०  एक लाख ८० हजार राजस्व संकलन  गरेको छ। किमाथाङ्का नाकाबाट खाद्यान्न, दैनिक उपभोग्य वस्तु, लत्ताकपडा, इलोक्ट्रोनिक, जुडिबुटीलगायत सामान आयात–निर्यात गर्दा तीन–चार दिन नै पैदल हिँडेर सरदरमुकाम खाँदबारी पुग्नुपर्ने बाध्यता छ। किमाथाङ्कावासी सीमापारीको चाँगा, देन्दाङ बजारमा सिमापासका माध्यमले चिनियाँ बजारबाट सामान आयात गर्दै आएका छन्। किमाथाङ्का सीमा भन्सार नाकामा ८० प्रतिशतभन्दा बढी चौरीको पुच्छर आयात हुने गरेको छ। खाँदबारीदेखि किमाथाङ्काको दूरी एक सय ६२ किलो मीटर रहेको छ।

About Author

Advertisement