बोनसको मिटिङ सफल हुन नसके पनि सरकार पक्षले सकरात्मक बिचार पोखेको भागोप्रमोको ट्रेडको दाबी

IMG-20241116-WA0206

सिलगढी: आज सिलगढीमा बसेको बोनसको मिटिङ सफल हुन नसके पनि सरकार पक्षले सकरात्मक बिचार पोखेको छ भनी भागोप्रमोको ट्रेड युनियन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनले बताएको छ। आज मालिक पक्षबाट १५ दिनको समय मागेको कारण यो सभा पुनः १५ दिनपछि हुने भएको बताइएको छ। हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनले प्रेस विज्ञप्ति जारी गरी बताएका छन्-‘हामीले हाम्रो युनियनको तर्फबाट श्रम मन्त्रीसित छुट्टै भेटेर एउटा यादस्तपत्र चडाएर प्रायः ४५ मिनट लामो चर्चा परिचर्चा गरियो। यसमा श्रमीकवर्गले बगानमा झेल्नु परेको बुनियादी समस्या जस्तै -बगानमा प्रत्येक सेक्शनमा टोईलेट, पिउने पानी, नुहाउने, हातखुट्टा धुने, श्रमीकको धुरा अथवा गाउँमा स्ट्रीट लाईट हुनुपर्ने, पहिला झैं श्रमिक धुरा निमार्ण हुनपर्छ। प्रत्येक बगानमा आधुनिक ढंगमा डिसपेन्स्री हुन पर्ने, क्रेच हाउस असल ढंगले निर्माण गरिनु पर्ने, टौवा, प्रत्येक सेक्शनमा बनाउनु पर्ने, श्रमीक बर्गको निम्ति मनोरञ्जन कार्यक्रम हुनपर्ने, मिनिमम वेजेस झट्टै लागु हुनुपर्ने। जबसम्म मिनिमम वेजेस लागु हुँदैन तबसम्म ईन्टरियम वेजेस झट्टै बाडिनु पर्छ। यस्ता बुनियादी समस्या लिएर श्रम मन्त्री माननिय श्रम मन्त्री सँग कुरा गर्यौ। भेटघाटमा मन्त्री महोदयले सरकारको तर्फवाट सकरात्मक बिचार पोख्नु भएको छ।
अझ अन्य धेरै बिषयमा बात गरेका छौं भनी जानकारी गराउँदछौं।’
उक्त बैठक विषयमा प्रेस विज्ञप्ति जारी गरी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको ट्रेड हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय अध्यक्ष जेबी तामाङ र सचिव भरत ठकुरीले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement