दार्चुला: दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। ७ जना घाइते भएका छन्।
शैल्यशिखर नगरपालिका-६ काे बकजेबलामा म १ ज ३३८ नम्बरकाे जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
मालिकार्जुनबाट गाेकुलेश्वरतर्फ आइरहेको जिप बिहान ४ बजेतिर दुर्घटनामा परेको हाे।
तिर्थालुहरु बोकेको सो जिप सिराडको खोलामा खसेर दुर्घटना भएको र मृतकहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जानएको छ।