भद्रपुर: देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको मौषम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभावले आज गण्डकी र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौषम मुख्यतया सफा रहने छ। देशको तराई मधेश भूभागका केही स्थानहरूमा बाक्लो हुस्सु तथा कुहिरो लागेको अवस्था छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौषम आंशिक बदली रही मुख्यतया सफा रहने छ।
आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौषम सफा रहने छ।











