दार्जिलिङ: राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले दार्जिलिङको नानीहरूसित बाल दिवस पालन गरेकी छन्। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा दार्जिलिङको चौरास्ता परिसरमा बाल दिवसको अवसरमा नानीहरूलाई मिठाई र खेलौनाहरू वितरण गरेकी छन्। मुख्यमन्त्रीले दार्जिलिङको चौरास्तामा भेला भएका नानीहरूलाई विभिन्न प्रकारका मिठाईहरू साथै खेलौनाहरू वितरण गरेकी थिइन्। मुख्यमन्त्रीले दार्जीलिङका नानीहरूसित बाल दिवस पालन गर्दै मिठाईहरू र खेलौनाहरू पनि वितरण गरेकी छन्। मुख्यमन्त्रीको उक्त कार्यक्रममा दार्जिलिङ जिल्ला अधिकारी डा प्रीति गोयल लगायत अन्यहरू उपस्थित रहेका थिए। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी दार्जिलिङमा नानीहरूसित बाल दिवस पालन गरेर पहाड़बाट फर्किएकी छन्। उनी गत सोमबार साँझतिर दार्जीलिङ आईपुगेकी थिइन्।