ताराचन्द धनुका एकाडेमीमा बाल दिवस पालन

IMG-20241114-WA0230

खोरीबारी: ताराचन्द धनुका एकाडेमीको प्रांगणमा बिहीबार बाल दिवस सम्पूर्ण विद्यार्थी तथा शिक्षकले हर्षोल्लासका साथ मनाए। जसमा बिहीबार बिहान शिक्षकहरुले सभा संचालन गरे। जसअन्तर्गत आजको प्रार्थना शिक्षिका मौसमी च्याटर्जी, प्रतिज्ञा विश्वजित शाह, सुविचार सगोरिका पल, मुख्य समाचार प्रियंका चौधरी, सुप्रभात चटर्जीको अंग्रेजीमा कथन, हिन्दी त्रिलोकनाथ झा, दीप सोनी लिम्बुको अंग्रेजी कविता, हिन्दी प्रियंका कुमारीले गरे। साथै अन्य शिक्षकहरुले नृत्य तथा संगीत कार्यक्रम समेत प्रस्तुत गरे। साथै, साना विद्यार्थीहरूले आफ्नो भविष्यको लक्ष्य बारे बताए, र एउटै पोशाकमा आफूलाई देखाए। अन्तमा राष्ट्रगान गाएर कार्यक्रमको समापन गरियो।

About Author

Advertisement