जैव स्रोतबाट जैव अर्थव्यवस्था: विकसित भारतका लागि एनईआरको परम्परागत स्रोतहरूलाई प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय सम्मेलन
गान्तोक: ब्रिक- जैव स्रोत तथा सतत विकास संस्थान (ब्रिक- आईबीएसडी) र सोसाइटी फर एथनोफार्माकोलोजी, इण्डिया (एसएफई-इण्डिया) ले संयुक्त रूपमा सोसाइटी फर एथनोफार्माकोलोजीको ११औं सम्मेलन र जैव स्रोतबाट जैव अर्थव्यवस्था: विकसित भारतको लागि एनईआरको परम्परागत स्रोतलाई प्रवर्द्धन गर्ने विषयमाथि अन्तर्राष्ट्रिय सम्मेलन आयोजन गरिरहेको छ।
यो सम्मेलन १५-१६ नोभेम्बरको दिन गान्तोक, सिक्किममा हुनेछl यसमा विश्वभरिका विशेषज्ञ मानव स्वास्थ्य तथा परम्परागत ज्ञान आधारित जैव स्रोतमाथि ध्यान केन्द्रित गर्दै पूर्वोत्तर क्षेत्रमा प्राकृतिक स्रोतहरूबाट जैव अर्थव्यवस्थाको विकासमाथि चर्चा गर्नका लागि एक साथ जुट्नेछन्। यस प्रतिष्ठित कार्यक्रममा १२ विदेशी राष्ट्र, २३ उद्योग, २० परम्परागत चिकित्सक, भारतीय अनुसन्धान संस्थाका ७० विशेषज्ञ अनि भारत र विदेशबाट २६० भन्दा अधिक विद्यार्थीहरूको सहभागिता रहनेछ। सम्मेलनको उद्देश्य पूर्वोत्तर क्षेत्रका प्राकृतिक स्रोतहरूबाट जैव अर्थव्यवस्थाको विकासका समसामयिक पक्षहरूलाई उजागार गर्नु र उदीयमान अर्थव्यवस्थामा परम्परागत ज्ञानमा आधारित जैव स्रोतहरूको प्रभावबारे चर्चा गर्ने लक्ष्य राखिएको छ। -पीआईबी