शाङ्खु प्राथमिक विद्यालयमा बाल दिवस पालन

n6392343701731606575262c34a32f248a59a8fc9a344ee31eed6fa1329bf3be686a3fba38a5aa9401e74cd

गान्तोक: शाङ्खु प्राथमिक विद्यालयमा आज बाल दिवसको अवसरमा सेवा एवं सांस्कृतिक कार्यक्रम आयोजन गरियो। विद्यालय सञ्चालन समिति र सिक्किम सिस्टर्स एनजीओको संयुक्त तत्वावधानमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा अवकाशप्राप्त लेक्चरर पीएल शर्मा मुख्य अतिथि थिए।
यसैगरी, कार्यक्रममा स्थानीय वार्ड पञ्चायत लक्ष्मी कुमारी लिम्बू, सिक्किम सिस्टर्स एनजीओकी मुख्य संरक्षक ​बीना राई, अवकाशप्राप्त शिक्षक जेबी लिम्बू, केबी लिम्बू आदि उपस्थित थिए।कार्यक्रममा बाल दिवस पालन गर्नुको उद्देश्य र महत्वबारे जानकारी गराइयो भने विद्यार्थीहरूले गीत, सङ्गीत, कविता पाठ गरेका थिए। अतिथिहरूको बाहुलीद्वारा विद्यार्थीहरूलाई वस्त्र, उपहार र शैक्षिक सामग्रीहरू वितरण गरियो। यस अवसरमा विद्यार्थीहरूलाई लिएर खेलकुद गतिविधि पनि आयोजना गरिएको थियो। जानकारी अनुसार, सिक्किम सिस्टर्स एनजीओले राज्यव्यापीरूपमा सामाजिक कार्य गर्दै आइरहेको छ। विशेष रूपमा छोरीहरू र महिलाहरूको विकास, सुरक्षा र स्वास्थ्यको बारेमा जनचेतना फैलाउन कार्यक्रम आयोजन गर्ने गर्दछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement