सन फार्माद्वारा वार्ता शृङ्खला सन टकको आयोजना

IMG-20241113-WA0264

गान्तोक: सिक्किम सरकारका शिक्षा मन्त्री राजु बस्नेतले आज चिन्तन भवनमा आयोजित ‘सन टक’ को उद्घाटन सत्रमा भाग लिए। यसबीच उनले मुख्य अतिथिका रुपमा कार्यक्रममा उपस्थित विद्यार्थीहरुलाई सम्बोधन गरे। गान्तोक जिल्ला प्रशासन र सन फार्मा कम्पनीले पहिलोपल्ट यस प्रकारको प्रेरक कार्यक्रम “सन टक” आयोजन गरेको छ। मन्त्री बस्नेतले यस्तो लाभकारी कार्यक्रमले राज्य सरकारको ‘एक परिवार, एक उद्यमी’-को पहललाई सहयोग गर्ने बताए। मन्त्री बस्नेतले विद्यार्थीहरुलाई स्वरोजगारको दिशामा काम गर्ने आग्रह गरे। उनले युवा शिक्षाविद्हरुलाई प्रेरित पनि गरे। सन टक सिक्किमे युवाहरूलाई प्रेरित गर्ने प्रेरक वार्ताको शृङ्खलाको रुपमा शुरु ललगरिएको हो। सनफार्मा कम्पनीका अधिकारी वासिफ अलीले सिक्किममा कम्पनीको सीएसआर कार्यक्रमबारे बताए। अलीले स्वास्थ्य सेवाको क्षेत्रमा १५ गाउँका मानिसहरूलाई दबाई र मोबाइल मेडिकल सेवाहरू दिइएको जानकारी गराए। कार्यक्रममा स्रोतवक्तालाई सम्मानित गरियो। यसअघि गान्तोक जिल्लाका जिल्लापाल तुषार निखारेले यस पहलको उद्देश्य युवाहरुलाई मानसिक तनाव र लागूपदार्थको दुरुपयोग विरुद्ध लड्दै समाजमा सकारात्मक रूपमा योगदान गर्न सशक्त बनाउनु रहेको बताए। यो कार्यक्रम आउँदो वर्ष १६ मई सिक्किमको राज्य स्थापना समारोहसम्म चलिरहने बताए।

About Author

Advertisement