सानिया मिर्जा र हरभजन सिंह दुबई खेलको राजदूत नियुक्त

IMG-20241113-WA0262

नयाँ दिल्ली: भारतका पूर्व क्रिकेटर हरभजन सिंह र ६ पल्टकी ग्राण्ड स्ल्याम विजेता महिला टेनिस खेलाड़ी सानिया मिर्जालाई दुबई खेल राजदूतको रूपमा नामित गरियो। फ्यूचरिष्टिक म्यूजियम अव् द फ्यूचर-मा दुबई स्पोर्ट्स काउन्सिलद्वारा आयोजित दुबई स्पोर्ट्स रिट्रीट-मा यस्तो घोषणा गरियो। दुबई स्पोर्ट्स काउन्सिलका अध्यक्ष शेख मन्सूर बिन मोहम्मद बिन राशिद अल मकतूमको निर्देशहरू अन्तर्गत रिट्रीटको उद्देश्य दुबईको खेल प्रतिष्ठालाई मजबूत गर्ने अनि शहरभरि सक्रिय, स्वस्थ्य जीवनशैलीलाई प्रोत्साहित गर्नु हो। दुबईका क्राउन प्रिन्स शेख हमदान मोहम्मद बिन राशिद अल मकतूमले यस पहलपछिको दृष्टिकोणमाथि प्रकाश पारे। उनले रिट्रीटको अवधि दुबईका खेल राजदूतहरूसँग भेट गरे। पूर्व नम्बर एक युगल टेनिस खेलाड़ी सानियाले यस नियुक्तिलाई ठूलो सम्मान बताइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement