लेटाङ: मोरङको लेटाङमा आगोले जलेर बु्धबार साँझ एक महिला घाइते भएकी छन्।
प्रहरीका अनुसार लेटाङ नगरपालिका-७ वारांगी खोलाघारीकी २६ वर्षीया जयकला राई घाइते भएकी हुन्।उनी ज़ब आफ्नै घरको भान्सा कोठामा काम गरिरहेकी अबस्थामा बेहोस भएर साँझ ६ बजेतिर चुल्होमा ढलेको प्रहरीले जनाएको छ।
चुल्होमा पर्दा उनको अनुहार, आँखा, कान र कपाल जलेको प्रहरीले जनाएको छ। घाइते अवस्थाकी उनको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
राईलाई छारे रोगको पुरानै समस्या रहेको जानकारी प्रहरीलाई प्राप्त भएको छ। हाल उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।











