पशुमाथि निर्दयताको आरोपमा ४ जना पक्राउ

Aressted-2

कपिलवस्तु (नेपाल): पशु चौपायालाई निर्दयी व्यवहार गरेको आरोपमा पुलिसले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–३ मानगण घर भएका ३८ वर्षीय हेम श्रेष्ठ, सोही स्थानका २७ वर्षीय रमेश श्रेष्ठ, सुनसरीको कोशी गाउँपालिका–१३ नहरचोकका ५५ वर्षीय इसाद आलम र सोही स्थानका २७ वर्षीय समिम आलम छन्। उनीहरुलाई इलाका पुलिस कार्यालय गोरुसिंगे कपिलवस्तुको टोलीले पक्राउ गरेको हो। आज दिउँसो कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ स्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ट्रकमा पशुलाई निर्दयी तरिकाले ओसारपसार गरेको पाइएपछि पक्राउ गरिएको जिल्ला पुलिस कार्यालय कपिलवस्तुले जनाएको छ। २४ वटा गोरुलाई यातना हुने गरी पुच्छरसमेत छतमा बाँधेर, मुन्टो ठाडो पारेर डोरीले बाँधेर ओसारपसार गरेका थिए। पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद लिई अनुसन्धान अघि बढाइएको पुलिसले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement