राज्यपालले दिए राज्यवासीहरूलाई बाल दिवसको शुभकामना

photocollage_20241011162117124

गान्तोक: बाल दिवसको अवसरमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले सिक्किमवासीहरू विशेष रूपमा नानीहरूमा आफ्नो हार्दिक शुभकामना व्यक्त गरेका छन्।
राज्यपालले आज जारी आफ्नो सन्देशमा भने, देशका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूको स्मृति र नानीहरूप्रति उहॉंको स्नेहलाई सम्मानित गर्नका लागि मनाइने बल दिवसले हामी सबैका लागि विशेष महत्व राख्छ।
नानीहरू हाम्रो देशको अमूल्य सम्पत्ति हुनुका साथै भारतको स्वर्णिम भविष्यको मूल स्तम्भ हुन्।राज्यपालले नानीहरूलाई सन्देश दिॅंदै जीवनमा ठूलो सपना हेर्न, कठिन परिश्रम गर्न र सिक्ने उत्सुकता बनाइराख्ने आह्वान गरेका छन्।

About Author

Advertisement