राज्यपाल माथुरले पशुपालन विभागका ​अधिकारीहरूसॅंग महत्त्वपूर्ण बैठक गरे

n6389365431731433549260aff131b27c21d541b97ad24802e48479b4ffbaebaadf2c57acca9ce3ce7dbb07

गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले आज राजभवनमा पशुपालन विभागका अधिकारीहरूसॅंग एक महत्त्वपूर्ण बैठक गरे। यस बैठकमा पशुपालन निदेशक डा. संजय गजमेर, राजभवनका सचिव जेडी भोटिया तथा अन्य अधिकारीहरू उपस्थित थिए।उक्त जानकारी राजभवनले आज प्रेस विज्ञप्तिमा दिएको छ।
बैठकमा पशुपालन निदेशकले राज्यमा पशुपालनको प्रगति र चुनौतीहरूको बारेमा जानकारी गराए। आफ्नो प्रतिक्रिया व्यक्त गर्दै राज्यपाल माथुरले पशुपालनको दिशामा अझ धेरै गम्भीरताका साथ कार्य गर्नुपर्ने आवश्यकतामाथि बल दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement