सिलगढी: सिलगढीको ४७ नम्बर वार्डमा स्थापित १० महापुरुषको शालिक तोड्ने प्रयासको घटनाले सनसनी मच्चाएको छ। केही समयअघि मेयर गौतम देवले यी महापुरुषको मूर्तिको उद्घाटन गरेका थिए। तर, गएराति केही असमाजिक तत्वले ती मूर्तिमा इँटा र ढुंगा प्रहार गरेको आरोप छ। यहाँ आज बिहान स्थानीयवासीले घटनाको खबर पाएलगत्तै वार्ड पार्षद अमर आनन्द दास घटनास्थल पुगेर अवस्थाबारे जानकारी लिएका थिए। त्यसपछि उनले प्रधाननगर पुलिस थानामा लिखित उजुरी दिएका थिए। यस घटनाबारे वार्ड पार्षद अमर आनन्द दासले केही समयअघि १० महापुरुषको मुर्ति स्थापना गरिएको बताए ।जसको मेयर गौतम देवले उद्घाटन गरेका थिए। तर हिजो राति वार्ड र सहरको शान्ति शृङ्खला भङ्ग गर्ने र अशान्ति सिर्जना गर्ने उद्देश्यले केही असमाजिक तत्वले महापुरुषको शालिक तोड्न इँटा र ढुंगा प्रहार गरेका छन्। उनले दोषीलाई पक्राउ गरी कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन्।