अप्पर जङ्गुमा निर्मित बेली ब्रिज १५ नोभेम्बरसम्म पुरा हुने

IMG-20241112-WA0297

गान्तोक: अप्पर जङ्गु निर्वाचन क्षेत्र अन्तर्गत मान्ताममा बेली ब्रिजको निर्माण कार्य युद्धस्तरमा चलिरहेको छ। यसै क्रममा क्षेत्र विधायक एवं मन्त्री पिन्छो नामग्याल लेप्चाले आज उक्त निर्माणधीन अवस्थामा रहेको पुलको निरीक्षण गरे। यस पुलले तिङभोङ र साक्योङ पेन्टोङ ग्राम पञ्चायत युनिटलाई जोडने काम गर्दछ। यस पुलको निर्माण कार्य आगामी १५ नोभेम्बरसम्म पुरा हुन लक्ष्य राखेर युद्धस्तरमा काम गरिरहेको छ। भ्रमणको क्रममा मन्त्री लेप्चासँग महकुमा अधिकारी, खण्ड विकास अधिकारी लगायत सम्वन्धित निकायका अधिकारीहरू पनि सामेल रहेका थिए। यस पुलको निर्माण कार्य पुरा भएपछि अप्पर जङ्गुका मानिसहरूलाई धेरै राहत पुग्नेछ। विशेष गरेर केही महिनादेखि यातायातको समस्या भोग्दै आएका अप्पर जङ्गुका मानिसहरूले पुल निर्माण पछि यातायातको समस्याबाट मुक्ति पाउनेछन्।

About Author

Advertisement