४०औं गवर्नर्स गोल्ड कपःगोकुलम फूटबल क्लबको रोमाञ्चक जीत

IMG-20241112-WA0272

गान्तोक: सिक्किम फूटबल एसोसिएशन (एसएफए)-को आयोजनमा जारी प्रतिष्ठित गवर्नर्स गोल्ड कप फूटबल टुर्नामेण्टको ४०औं संस्करणमा मंगलवार केरलको गोकुलम फूटबल क्लबले रोमाञ्चक जीत हासिल गऱ्यो। गान्तोक (सिक्किम)-को पाल्जोर स्टेडियममा आज खेलिएको म्याचमा गोकुलम फूटबल क्लबले सिक्किम पुलिसविरुद्ध ४-३-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट अब्दु लुमालाले १५औं र २२औं मिनटमा २ गोल गरे। यसबाहेक जोरिस कोरेआले तेस्रो मिनट र विशिम जावेदले ६३औं मिनटमा गोल गरे। सिक्किम पुलिसले दोस्रो हाफको खेलमा सर्वश्रेष्ठ प्रयास गरे पनि म्याच बचाउन सकेन। सिक्किम पुलिसबाट बक्सर प्रधानले ४९औं र ७४औं मिनटमा २ गोल गरे। यसरी सुराग छेत्रीले ४२औं मिनटमा गोल गरे। अब्दु लुमाला-लाई प्लेयर अव् द म्याच चयन गरियो। चार सालको ब्रेकपछि शुरु भएको गवर्नर्स गोल्ड कपको ४०औं संस्करणमा जम्मा १६ वटा अग्रणी टीमहरूले हिस्सा लिएको छ। यसमा चारवटा विदेशी टीम- ट्रान्सपोर्ट युनाइटेड फूटबल क्लब (भूटान), रोयल फूटबल क्लब (यूएई), केडीएन एफसी (मलेशिया) र चर्च बोयज युनाइटेड (नेपाल) सामेल छन्। यसको साथमा सिक्किम पुलिस एफटी, कालीघाट एमएस, आर्मी (रेड), खावज्वाल भेंगथार एफसी (मिजोरम), जीटीए इलेभेन (दार्जीलिङ), गान्तोक हिमालयन फूटबल क्लब (सिक्किम), पञ्जाब पुलिस एफटी, चेन्नईयन एफसी (आर), गोकुलम केरला एफसी, नर्थईष्ट युनाइटेड एफसी (आर), सुदेवा एफसी (दिल्ली) र डायमण्ड हार्बर एफसी-को टीम सामेल छन्। फाइनल २४ नोभेम्बरमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement