रि-भोई: मेघालयको बर्नीहाट पुलिस थाना क्षेत्र अन्तर्गत जोराबाट छेउ राष्ट्रिय राजमार्ग ६ मा भएको सडक दुर्घटनामा एक ट्रक चालक गम्भीर रूपमा घाइते भएका छन्। जानकारी अनुसार, जोराबाट छेउ राष्ट्रिय राजमार्ग ६ मा एउटा बिग्रिएको ट्रकसॅंग मेघालयबाट सोनपुर गइरहेको ट्रक ठोकिॅंदा चालक गम्भीर रूपमा घाइते भए। घटनाको जानकारी पाउनसाथ पुलिस टीम घटनास्थल पुगेर ट्रक चालकलाई बाहिर निकाल्यो। घाइते चालकलाई एम्बुलेन्समा हालेर उपचारको निम्ति गुवाहाटी मेडिकल कलेज अस्पताल पठाइएको छ। घाइते ट्रक चालकको पहिचान हुन सकेको छैन। उनी मेघालय निवासी बताइएको छ।











