आईपीएल २०२५-मा असल प्रदर्शन गरेर टीम इण्डियामा फर्किन चाहन्छन् केएल राहुल

IMG-20241112-WA0149

नयाँ दिल्ली: दाहिने हातका ब्याटर केएल राहुलले बताएअनुसार, इण्डियन प्रीमियर लीग (आईपीएल) २०२५-ले उनलाई क्रिकेटको आनन्द लिने अनि भारतीय टी२०आई टीममा फर्किने मञ्च प्रदान गर्नेछ। साल २०२२-को पुरुष टी२० वर्ल्ड कपपछि राहुलले भारतको निम्ति खेलको सबैभन्दा छोटो प्रारूपमा खेलेका छैनन्। राहुलले २०१६-मा आफ्नो पदार्पणपछि भारतको निम्ति ७२ वटा टी२० म्याच खेलेर ३७.७५-को औसत र १३९.१२-को स्ट्राईक रेटले २२६५ रन बनाएका छन्। यसमा २ वटा शतक र २२ वटा अर्द्धशतक सामेल छ। यसरी राहुलले २०२२-देखि २९२४-सम्म आईपीएलमा लखनऊ सुपर जाइण्ट्सको कप्तानी गरेका थिए। दुवै साल टीम प्लेअफ्-मा पुग्न सफल भएको थियो। अहिले भारतीय टीमबाट बाहिर रहने राहुलले एउटा भीडियोमा भनेका छन्, म आईपीएलमा फर्किएर खेलको आनन्द लिन चाहन्छु अनि मेरो लक्ष्य भारतीय टी२० टीममा फर्किने रहनेछ। म केही समयदेखि टी२० टीमबाट बाहिर छु। एकजना खेलाड़ीको रूपमा म कहाँ छु अनि टीममा फर्किन के गर्नु पर्नेछ भन्ने मलाई थाहा छ। यसैकारण म आईपीएल सीजनको प्रतीक्षा गरिरहेको छु। यसले मलाई लक्ष्यसम्म पुग्न मञ्च प्रदान गर्नेछ।
राहुलले यस अवधि आईपीएल लिलामीमा ओर्लिनेबारे पनि चर्चा गरे। उनले भने, म नयाँ शुरुवात गर्न चाहन्छु। म नयाँ विकल्पको खोजमा थिए, जहाँ म स्वतन्त्र रूपले खेल्न सक्छु। यसबाहेक टीमको माहोल पनि हल्का होस्। कहिले-काहीँ तपाईंले टाढ़ा गएर आफ्नो निम्ति असल विकल्प पनि खोज्नु पर्छ। उल्लेखनीय छ, राहुललाई २२ नोभेम्बरदेखि अष्ट्रेलियाविरुद्ध पर्थमा शुरु हुने पहिलो टेस्ट म्याचमा देखिन सक्छ। कप्तान रोहित शर्मा पहिलो टेस्ट म्याचमा अनिश्चित रहेको हुनाले राहुलले यशस्वी जयसवालसँग ओपनिंग गर्न सक्छन्। यस भूमिकामा उनलाई चुनौती दिन अभिमन्यु ईश्वरन पनि रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement