गान्तोक: भारतीय जनता पार्टी (भाजपा) सिक्किममा विशिष्ट व्यक्तिहरू सामेल भएका छन्। राज्य भाजपा अध्यक्ष डीआर थापाले उनीहरूलाई पार्टीमा स्वागत जनाएका छन्।प्रदेश भाजपाद्वारा आज जारी गरिएका विज्ञप्ति अनुसार, पश्चिम पाण्डमका विशिष्ट व्यक्तिहरू मदन कुमार ढुङ्गेल, समाज सेवक जेबी खालिङ र छुजाचेनबाट पद्मा सुब्बा भाजपा सिक्किममा सामेल भएका छन्।
भाजपाको पाकिम जिल्ला अध्यक्ष प्रेम छेत्री खतिवडा र अन्य कार्यकारीहरूको उपस्थितिमा प्रदेश अध्यक्ष डीआर थापाले उनीहरूलाई स्वागत जनाउॅंदै पार्टीमा सामेल गराए।










