मुख्यमन्त्री तामाङद्वारा डेन्जोङ मेन्ड्रोलिङ साङकपालरीको उद्घाटन

IMG-20241111-WA0260

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज मंगन जिल्ला अन्तर्गत फुदुङमा नवनिर्मित विश्वको सबैभन्दा ठूलो (साङदोकपालरी टेम्पल) डेन्जोङ मेन्ड्रोलिङ साङकपालरीको अभिषेक एवं उद्घाटन गरे। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले यस नवनिर्मित डेन्जोङ मेन्ड्रोलिङ साङकपालरीको उद्वघाटनीय अवसरमा उपस्थित परम पावन रिम्पोछेहरूप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दै आजको दिन सिक्किमेहरूको निम्ति ऐतिहासिक दिन रहेको बताए। गुरू रिम्पोछेको आशीर्वाद रहेको सिक्किम राज्यमा यस्तो वृहत गुम्पाको विधिवत रूपमा उद्वघाटन एवं प्रतिष्ठापन गर्न पाउनु गर्वको विषय रहेको बताए। परमपावन क्याब्जे खोचेन रिम्पोछेलाई सिक्किम सरकार एवं सिक्किमेली जनताको पक्षबाट हार्दिक स्वागत तथा अभिवादन गर्दै यो गुम्बाको निर्माण कार्य वर्ष २०१७ देखि शुरू भएको अवगत गराए।
आज एकैसाथ धेरै रिम्पोछेहरूको उपस्थिति सिक्किममा हुनु समस्त सिक्किमवासी जनता भाग्यमानी रहेको जानकारी गराए। यो गुम्पा केवल फुदुङको मात्र नभएर सम्पुर्ण सिक्किमेली जनताको धरोहर रहेको बताउँदै यसको संरक्षण र सम्बर्धनमा योगदान दिन स्थानीयवासीलाई आवहान गरे। यो पूर्वाधार धार्मिक पर्यटनको निम्ति पनि एक प्रमुख केन्द्र बन्न सक्ने सम्भावना व्यक्त गरे।
कार्यक्रममा परिचात्यमक मन्त्व्य क्याब्जे खोचेन रिम्पोछेले तिबब्ती भाषामा राखे भने जेत्सुन खान्द्रो रिम्पोछेले अंग्रेजी भाषामा अनुवाद गरी सुनाए। यसैगरी केन्द्रीय मन्त्री किरण रिजिजुद्वारा जारी गरिएको सन्देश पनि पठन गरिएको थियो। यसपछि धर्म विभागका मन्त्री सोनाम लामाले आफ्नो मन्त्व्य राख्दै सिक्किममा साङदोकपालरी टेम्पल निर्माणको निम्ति सम्माननीय मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै कार्यक्रममा उपस्थित निर्वासित तिबब्ती सभाका अधिकारीहरू लगायत उपस्थित सबैप्रति हार्दिक आभार व्यक्त गरे।

About Author

Advertisement