गान्तोक: सिक्किम युनिभर्सिटी स्टुडेन्टस् एसोसिएसन (एसयुएसए) को कार्यकारी समितिका विभिन्न पदहरूको लागि निर्वाचन ८ नोभेम्बरमा विश्वविद्यालयको कावेरी हलमा बिहान ८:०० बजे देखि अपराह्न ३:०० बजेसम्म, र यसका साथै सिक्किम युनिभर्सिटीको याङ्गाङ्ग क्याम्पसमा पनि सम्पन्न भएको थियो। मतगणना सोही दिन अपराह्न ४:०० बजेदेखि शुरु भयो। प्रमुख निर्वाचन अधिकारीको रूपमा डा मोहन प्रताप प्रधान थिए।

सिक्किम विश्वविद्यालयका उपकुलपति तथा एसयुएसएका प्याट्रोन प्रा ज्योति प्रकाश तामाङले ११ नोभेम्बर २०२४ मा एसयुएसएसको कार्यकारी समितिका नवनिर्वाचित सदस्यहरूलाई गोपनीयताको शपथ ग्रहण गराए। कार्यकारी समितिका मुख्य निर्वाचित सदस्यहरू यसप्रकार छन्: अध्यक्ष अनुप रेग्मी, उपाध्यक्ष हिमांशु राज बोराह, महासचिव थेन्डुप नामग्याल भुटियाl उपकुलपतिले पदको शपथ ग्रहण गराएपछि एसयुएसए कार्यकारी समितिका सबै नव-निर्वाचित सदस्यहरूलाई बधाई दिए। -पीआईबी










