दुई दिवसीय साहित्य महोत्सवको तयारीलाई लिएर समन्वय सभा सम्पन्न

n63878916317313475683091a491abf69628346a8db2f2d3d43a024072d8295c22092ea1d3eb3fc970d1a76

पाकिम: आगामी दिनमा पालन गरिने साहित्य महोत्सव तयारीलाई लिएर आज पाकिम जिल्लाका जिल्लापाल रोहन आगवानेको अध्यक्षतामा एक समन्वय सभा सम्पन्न भयो। विशेष गरेर आगामी १६-१७ नोभेम्बरको दिन पाकिम जिल्ला अन्तर्गत आरिटारस्थित लामपोखरी झीलमा दुई दिवसीय साहित्य महोत्सव पालन गरिने भएको छ।यस कार्यक्रमको थीम राज्य स्थापनाको ५०औं वर्ष समारोह लगायत बेटी बचाओ बेटी पढाऔ र नशामुक्त भारत, नशामुक्त सिक्किम राखिएको छ। यस दुई दिवसीय साहित्य महोत्सवमा पुस्तक मेला, प्यानल डिस्कसन, पुस्तक विमोचन लगायत अन्य विभिन्न कार्यक्रमलाई समावेश गरिने भएको छ। यस समन्वय सभामा महकुमा अधिकारी (मुख्यालय) थेन्डुप लेप्चा, डीपीओ सोनाम जाङ्पो लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

About Author

Advertisement