तामुलपुर: तामुलपुर जिल्लाको खनदिकर क्षेत्रबाट पुलिसको एक टीमले ड्रग्स सहित तीनजना युवकहरूलाई पक्राउ गरेको छ। गुप्त सूचनाको आधारमा संचालित अभियानको क्रममा तीनजना युवकहरूलाई ड्रग्ससितै पक्राउ गरियो जसको पहिचान साईदुल, ज्याकी बासुमतारी औ देईथु स्वर्गीयारीको रूपमा गरिएको छ।ज्याकी र देईथु साईदुलबाट ड्रग्स किन्न आएकै बेला तीनैजनालाई पुलिसले कब्जामा लिएको हो। पुलिसले यस मामिलामा एक प्राथमिकी दर्ता गरी अग्रिम जाँच गरिरहेको छ।










