लखिमपुर: लखिमपुर जिल्लाको ढकुवाखानामा भएको एक भयानक सड़क दुर्घटनामा एकजना श्रमिकको मृत्यु भएको छ।ढकुवाखाना सदर थाना अन्तर्गत आमलखी डांगधारा गाउँका मदन दलै (३३) सोमवार बिहान आफ्ना साथीहरूसित ट्र्याक्टरसित सम्बन्धित मिक्सर मसिन लिएर कार्यस्थल घिलामाराको सरियहनी गाउँ तर्फ गइरहेका बेला अचानक मदन दलै वाहनबाट चिप्लेर सड़कमा झरे। त्यसपछि ट्र्याक्टरको पछिल्लो चक्का युवकको शरीरमाथि गुड़्यो जसमा तिनी गम्भीर रूपमा घाइते भए। साथीहरूले तिनलाई ढकुवाखाना अनुमण्डल अस्पतालमा पुऱ्याए, तर अस्पतालका चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। घटनाको खबर पाए लगत्तै परिवार सहित पुलिस पनि घटनास्थलमा पुगे। पुलिसले शवलाई पोस्टमर्टम गर्न पठाएको छ।










