सिलगढी: मुख्यमन्त्री ममता ब्यांनर्जीले विधानसभा उपचुनावमा राज्यका ६ वटै निर्वाचन क्षेत्रमा सत्तारुढ दलका उम्मेदवारलाई समर्थन गर्न आग्रह गरेकी छन्। उनी उत्तर बंगालको तीन दिने भ्रमणमा सोमबार कोलकाताबाट बागडोग्रा विमानस्थल आइपुगिन्। विमानस्थलमा राज्यमन्त्री अरूप विश्वास, उदयन गुहालगायत उपस्थित थिएl पत्रकारहरूलाई सम्बोधन गर्दै उनले उपनिर्वाचनका सन्दर्भमा यस्तो बताएकी हुन्। मुख्यमन्त्रीलाई स्वागत गर्न विमानस्थलमा समर्थकहरूको भीड लागेको थियो। मुख्यमन्त्रीलाई पहाडका विभिन्न विकास बोर्डका प्रतिनिधिहरूले स्वागत जनाए। त्यसपछि उनी सडकबाट खरसाङ हुँदै दार्जीलिङ तर्फ प्रस्थान गरिन्।









