कोलकाता: पश्चिम बंगालमा सरकारी रूपमा थप अर्को भ्रष्टाचार उजागार भएको छ। राज्य एवं राज्य प्रायोजित स्कूलहरूका प्रधानाध्यापकहरूको संघले उच्च माध्यमिक विद्यार्थीहरूको लागि ट्याबलेट खरिद गर्नको निम्ति आवन्टित धनराशिको कथित दुरूपयोगको जाँच हुनुपर्ने माग गरेको छ। यस मामिलामा व्यापक जाँचको आवश्यकता व्यक्त गरिएको ताकि दोषीहरू पत्तो लगाउन सकियोस्।
‘एडभान्स्ड सोसाइटी फर हेडमास्टर्स एण्ड हेडमिस्ट्रेसेज’ (एएसएफएचएम)- ले राज्यको स्कूल शिक्षा विभागसित आग्रह गरेको छ, विभागले यस मामिलाको साइबर क्राइम दृष्टिकोण मार्फत उचित जाँच गराओस्। भविष्यमा प्रधानाध्यापकहरूलाई अशैक्षणिक गतिविधिहरूदेखि टाड़ा राखियोस् ताकि यस्ता विवादहरूको कारणले उत्पन्न मानसिक तनाउ तथा समस्याहरूदेखि बच्न सकियोस्।
एएसएफएचएमले आफ्नो पत्रमा चिन्ता व्यक्त गरेको छ, ट्याबलेट खरिदको लागि प्रत्येक बाह्रौं कक्षाको छात्रको निम्ति आवन्टित दश हजार रुपियाँ कतिपय छात्रहरूसम्म पुग्न सकिरहेको छैन।









