सुनौलो सिक्किम, समृद्ध सिक्किम र सामर्थ सिक्किमको नारालाई सार्थक बनाउन टीम सिक्किम भएर काम गर्नुपर्छ: मुख्यमन्त्री

IMG-20240717-WA0003

गान्तोक: प्रजापिता ब्रह्मकुमारी ईश्वरीय विश्वविध्यालयको तत्वावधानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले आयोजक पक्षका सबैप्रति हार्दिक आभार तथा बधाई व्यक्त गरे।
यस महत्वपूर्ण कार्यक्रममा उपस्थित विशिष्ट वक्ताहरूले अति नै सारगर्भित मन्तव्य राखेको उल्लेख गर्दै आजको यस कार्यक्रमबाट उपस्थित सबै अवश्यै लाभान्वित बनेको आशा व्यक्त गरे।यस प्रकारको आध्यात्मिक कार्यक्रमबाट धेरै राम्रा कुराहरू सिक्न र बुझ्न सकिने उल्लेख गर्दै ब्रह्मकुमारीलाई धर्मसित तुलना गर्न नहुने मन्तव्य जाहेर गरे। ब्रह्मकुमारी सबै धर्मावलम्बीहरूले अप्नाउन सक्ने एउटा आईडोलोजी हो सिद्धान्त हो, यो सिद्धान्तलाई अप्नाएर आफ्नो जीवनलाई सार्थक बनाउन र खुशी हुन सकिने मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा बताए। मुख्यमन्त्रीले देशका दिवंगत प्रसिद्ध उद्योगपति रतन टाटाको जीवनसित सम्बन्धित एउटा उदाहरण प्रस्तुत गर्दै जब संसारमा कुनै पनि वस्तु स्थायी होइन भन्ने बुझ्छौं त्यतिबेला संसार आफै शान्तिमय अनि राम राज्य बनेर जानेछ भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement