क्याङ्गखोलाको सरसफाइमा स्थानीय युवाहरू अग्रसर

IMG-20241110-WA0220

गेजिङ: मानेबुङ्ग देन्ताम क्षेत्रको हि गाउँमा रहेको क्याङ्गखोलामा स्थानीय शिक्षित युवाहरूको पहलमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ। यस क्षेत्रका खोला, नाला र पोखरीलाई पवित्रताको रूपमा मान्दै आएको हाम्रो समाजमा युवाहरूले स्वच्छता र सरसफाईको महत्त्वलाई उजागर गर्दै यस कार्यको थालनी गरेका हुन्। यस कार्यक्रममा युवा, समाजसेवी, विद्यालयका शिक्षक तथा विभिन्न सामाजिक संस्थाहरूको सक्रिय सहभागिता देखिएको थियो।
क्याङ्गखोलालाई स्वच्छ राख्ने उद्देश्यका साथ सुरु गरिएको यस सरसफाई अभियान हि गाउँको श्रीजङ्गाको मूर्ति नजिकैदेखि कलेज खोलासम्म गरिएको थियो। कार्यक्रम युथ फर सोसाइटीको पहलमा भएको थियो भने क्षेत्रीय विधायक सुदेश कुमार लिम्बु र एसआरके प्रादेशिक क्षेत्रकी जिल्ला सदस्य तारमित लेप्चा लगायत ग्राम पंचायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा भाग लिएका युवाहरूले खोला नाला, बाटोघाटो र विद्यालयहरूलाई सफा राख्न सबैलाई प्रेरित गर्दै प्रदूषणमुक्त समाजको परिकल्पना गरेका छन्। आयोजक समितिका अनुसार, खोला नाला र वातावरणलाई स्वच्छ राखेर प्राकृतिक स्रोतहरूलाई पिउन योग्य बनाउनु आवश्यक छ भन्दै फोहोरले वातावरणलाई प्रदूषित बनाउने मात्र नभई मानव स्वास्थ्य र खेतीपातीमा पनि असर पार्ने भएकाले सरसफाईमा सबैको सहभागिता अनिवार्य रहेको उनीहरूको धारणा थियो। कार्यक्रममा स्थानीय फुटबल क्लब, युवा समाज, युथ सोसाइटीहरू, बज़ारका ड्राइभर संघ, विभिन्न समाजसेवी संस्था तथा क्लबहरू लगायतले सहभागिता जनाएका थिए। यस्तै, यस अभियानमा एस एम लिम्बु, अशोक प्रधान, बि आर तामलिंग लगायतका व्यक्तिहरूले आर्थिक सहयोग गरेका थिए। युवा जोश र सामाजिक उत्तरदायित्वको यो अद्वितीय उदाहरणले भविष्यमा समाजसेवा र विकासमा युवा शक्ति एकताबद्ध रुपमा अघि बढ्न प्रेरणा मिल्ने विश्वास गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement