वर्तमान राष्ट्रपति जो बाइडेनले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बुधबार ओभल अफिसमा स्वागत गर्नेछन्। सञ्चारमाध्यमहरूको समाचार अनुसार यसबारेमा अमेरिकी ह्वाइट हाउसले शनिबार विज्ञप्ति जारी गरेको छl ह्वाइट हाउसका प्रेस सेक्रेटरी जिन पियरेले पनि यस बैठक बारेमा संक्षिप्त वक्तव्य जारी गरेका छन्। ‘राष्ट्रपति बाइडेनको निमन्त्रणामा डोनाल्ड ट्रम्पले उनीसँग बुधबार बिहान ११ बजे ओभल अफिसमा भेट गर्नेछन्। थप जानकारी पछि दिइनेछ’, उनले भनेl अमेरिकामा राष्ट्रपतिको चुनाव जितेर पनि डोनाल्ड ट्रम्प अहिलेसम्म राष्ट्रपति पदमा बसिसकेका छैनन्। अमेरिकामा सत्ता हस्तान्तरण प्रक्रिया अन्तर्गत नयाँ राष्ट्रपतिले कार्यभार सम्हाल्न करिब दुई महिना लाग्न सक्छ।










