पर्यटन मन्त्रीले गरे पुनर्निर्मित सेल्स इम्पोरियमको उद्घाटन

IMG-20241110-WA0218

गान्तोक: राज्यका पर्यटन मन्त्री छिरिङ टी.भोटियाले आज जिरो पोइन्टमा रहेको हस्तशिल्प , हस्तकला विभाग परिसरमा नयाँ ढङ्गमा मरम्मत गरिएको सेल्स एम्पोरियमको उद्घाटन गरे। यो इम्पोरियम हाल राज्य सरकारको हस्तशिल्प, हस्तकला विभाग अन्तर्गत सञ्चालन भइरहेको छ। यस विभागले सिक्किमको अद्वितीय हस्तशिल्प र हस्तकला उत्पादनहरूलाई प्रवर्द्धन गर्दै स्थानीय प्रतिभाहरूलाई एक मञ्च प्रदान गर्दै आइरहेको छ।
उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भोटियाले नवीकरण गरिएको सेल्स एम्पोरियमलाई आगन्तुकहरूको अनुभव बृद्धि गर्न र कारीगरहरूको पहुँचमा सुधार गर्न डिजाइन गरिएको पहिलेको भन्दा व्यवस्थित र संगठित संस्करणको रूपमा वर्णन गरे। उनले उल्लेख गरे कि एम्पोरियमले सिक्किमको समृद्ध कारीगरी सम्पदा प्रदर्शन गर्न, स्थानीय कारीगरहरूको लागि नयाँ आर्थिक अवसरहरू सिर्जना गर्न र यस क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्न महत्त्वपूर्ण मञ्चकोरूपमा अवसर उत्पन्न गर्ने जानकारी गराए।
बिक्री प्रवर्द्धनमा संगठित व्यवस्थापनको महत्त्वलाई जोड दिँदै मन्त्रीले पुनर्निर्माण गरिएको एम्पोरियमले कारीगरहरूलाई उनीहरूको सीपलाई प्रभावकारी रूपमा बजारमा ल्याउन र उत्पादन बिक्री गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे। उनले सिक्किमको अद्वितीय हस्तशिल्प र परम्परागत हस्तकला उत्पादनहरूको संरक्षण र प्रवर्द्धन गर्न डीएचएचको निरन्तर सहयोगको प्रयासको प्रशंसा गरे, जबकि राज्यको आर्थिक वृद्धि र बेरोजगारीलाई सम्बोधन गर्न क्षेत्रको महत्त्वपूर्ण क्षमतामाथि प्रकाश पारे।
मुख्यमन्त्रीको “एक परिवार, एक उद्यमी” को दृष्टिकोणलाई स्पर्श गर्दै मन्त्रीले सिक्किमको अद्वितीय पहिचान जोगाउन दृढ प्रतिबद्धताका साथ यस क्षेत्रको विकासका लागि प्रयास जारी रहने आश्वासन दिए। उनले एम्पोरियमले कारीगरहरूलाई आर्थिक अवसरहरू मात्र प्रदान गर्दैन तर आगन्तुकहरूलाई प्रामाणिक अनुभव प्रदान गर्ने र सिक्किमको सम्पदालाई आधुनिक तरिकामा बढावा दिन सक्ने विश्वास व्यक्त गरे।
यसै क्रममा डीएचएचका निर्देशक छिरिङ तोब्गे भोटियाले मार्केटिङ प्लेटफर्मको रूपमा एसएचएचडीसीको भूमिकालाई सुव्यवस्थित र सुदृढ पार्ने बारे अन्तरदृष्टि साझा गर्दै सिक्किमका कारीगरहरूलाई बढावा दिन यसको महत्त्वमाथि जोड दिए। निगमको प्रयास स्थानीय कला प्रदर्शन गर्ने ठाउँ उपलब्ध गराउनमा मात्र नभई बजारसम्म पुऱ्याउन अवसरहरू सिर्जना गरी कारीगरहरूको आयस्रोत बढाउनमा केन्द्रित रहेको उनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement