गुरुग्राम (हरियाणा): हरियाणाका ओपनिंग ब्याटर यशवर्धन दलालले सीके नायडू ट्रफी अण्डर-२३ क्रिकेट टुर्नामेण्टको म्याचमा मुम्बईविरुद्ध अविजित ४२६ रन बनाएर इतिहास रचे। यसको साथै उनी टुर्नामेण्टको इतिहासमा चौहोरो शतक (४००) लगाउने पहिलो ब्याटर बने। मुम्बईले टस जितेर सुल्तानपुर हरियाणाको गुरुग्राम क्रिकेट ग्राउण्डमा हरियाणालाई पहिला ब्याटिंग गर्न पठायो। यशवर्धनको उत्कृष्ट ब्याटिंगको सहायताले हरियाणाले तेस्रो दिन बिहान आठ विकेटमा ७४२ रन बनाएर ईनिंग्स घोषित गऱ्यो। यशवर्धन ४२६ रन बनाएर अविजित रहे। यशवर्धनले यस ईनिंग्सको साथ उत्तर प्रदेशका समीर रिजवीको गत सीजनको ३१२ रनको रेकर्ड तोड़े। गत दुईवटा म्याचमा मध्यप्रदेशविरुद्ध ४ अनि झारखण्डविरुद्ध २३ र ६७ रन बनाउने यशवर्धनलाई मुम्बईविरुद्ध ओपनरको भूमिकामा पठाइयो अनि उनले मौकाको फाइदा उठाउँदै साथी ओरपनर अर्श रांगासँग पहिलो विकेटको निम्ति ४१० रनको पार्टनरशीप गरे। रांगाले पनि १५१ रन बनाए। यशवर्धनले ४६३ बल खेलेर ४६ वटा चौका र १२ वटा छक्का लगाए। यशवर्धनले यसअघि दिसम्बर २०२१-मा अण्डर-१६ लीग म्याचमा पनि २३७ रन बनाएका थिए। यसपाली अविजित ४२६ रन बनाएर उनले भारतीय चयनकर्ताहरूको ध्यान आकर्षित गरेका छन्