डब्ल्यूटीए फाइनल्समा पहिलोपल्ट खिताब जितिन् कोको गौफले

IMG-20241110-WA0213

रियाद (सऊदी अरब): विश्व ऱ्याङकिंगमा तेस्रो स्थानमा रहने टेनिस खेलाड़ी अमेरिकाकी कोको गौफले सालको अन्तिम टुर्नामेण्ट डब्ल्यूटीए फाइनलको खिताब जितिन्। उनले चीनकी झेंग किनवेनलाई महिला एकलको फाइनलमा पराजित गरिन्। सऊदी अरबको रियादमा खेलिएको फाइनल चरम रोमाञ्चक रह्यो, जसमा गौफले पेरिस ओलम्पिकमा स्वर्ण पदक जित्ने झेंग किनवेनलाई ३-६, ६-४, ७-६-ले पराजित गरिन्। यो उनको पहिलो डब्ल्यूटीए फाइनल्स खिताब हो। म्याचको शुरुवातमा गौफले चीनकी खेलाड़ीमाथि दबाउ सृष्टि गर्दै शुरुवाती गेममै सर्विस तोडूने प्रयास गरिन्। झेंगले पनि चाँड़ै फर्म हासिल गरिन् अनि आठौं गेममा गौफकी सर्विस तोड़िन्। त्यसपछि आफ्नो सर्विस बचाएर झेंगले पहिलो सेट ६-३-ले जितिन्। पहिलो सेट गुमाएपछि अमेरिकी खेलाड़ीले पनि असाधारण पुनरागमन गरिन्। गौफले स्तरीय टेनिस खेल्दै दोस्रो सेट ६-४-ले जितेर म्याचलाई निर्णायक सेटसम्म पुऱ्याइन्। म्याचको तेस्रो तथा निर्णायक सेटमा दुई खेलाड़ीबीच रोमाञ्चक प्रतिस्पर्धा भयो तर गौफले पनि धैर्यको साथ खेल्दै टाई ब्रेकरमा तेस्रो सेटसहित म्याच र ट्रफी जितिन्। ट्रफी जितेपछि गौफले भनिन्, मेरो निम्ति यसभन्दा राम्रो सालको अन्त हुनसक्दैन। आज म धेरै खुशी छु। यस जीतको निम्ति मैले धेरै सालसम्म प्रतीक्षा गरेकी थिएँ।

About Author

Advertisement