गुवाहाटी: गुवाहाटीको गोरचुक पुलिसको टीमले बुजुर्ग मानिसहरूको एटीएम बदलेर स्विफ्ट मशिनबाट पैसा निकाल्ने गिरोहका तीनजना सदस्यहरूलाई पक्राउ गरेको छ।यस समूहमा एकजना नाबालिक पनि सामेल छ। जसको पहिचान अमिरूल अली (२६), इंजमुमुल खान (२३) औ एकजना नाबालिकको रूपमा गरिएको छ। पक्रा पर्ने सबै आरोपीहरू बरपेटा निवासी रहेको बताइएको छ। आरोपीहरूको ब्यागबाट भिन्न-भिन्न ब्यांकका २० वटा एटीएम कार्ड, ८ वटा सिम कार्ड, एउटा एटीएम स्वाइप मशिन जफ्त गरिएको छ। सबै आरोपीहरूहरूले एटीएम कार्ड परिवर्तन गरेर पैसा लुट्नको लागि बुजुर्गहरूलाई शिकार बनाउने गर्दथे।