असम: पुस्तक पसलबाट ड्रग्स जफ्त

IMG-20240717-WA0003

कामरूप: कामरूप (ग्रामीण) जिल्लाको रंगिया पुलिसले एक किताब पसलबाट ड्रग्स सहित एकजना आरोपीलाई पक्राउ गरेको छ।गए शनिवार राती गुप्त सूचना पाएर एउटा अभियान संचालन गरिएको थियो जसमा रंगिया तीनाली क्षेत्रको रेलवे गेट नजिकै अवस्थित वर्नव बुक स्टलबाट ड्रग्स सहित पसल मालिकलाई पक्राउ गरिएको छ।
आरोपीको पहिचान अपूर्व लहकरको रूपमा गरिएको छ। अपूर्वले आफ्नो पसलमा किताब र गिफ्ट आइटमहरू राखेर अवैध ड्रग्सको कारबार गर्दै आइरहेको थियो। पसलबाट प्रचुर मात्रामा ड्रग्स जफ्त गरिएको छ। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी आरोपी अपूर्व लहकरसित गहन जाँचबुझ गरिरहेको छ।

About Author

Advertisement