सिक्किम ग्लेशियर हाजार्ड्स आयोगको पहिलो बैठक सम्पन्न

00-1-Sikkim


गान्तोक (सिक्किम): सिक्किम ग्लेशियर हाजार्ड्स आयोगको पहिलो बैठक औपचारिक सूचना जारी गरिएपछि ९ नोभेम्बरमा डा अखिलेश गुप्ता, पूर्व वरिष्ठ सल्लाहकार, विज्ञान तथा प्रविधि विभाग, भारत सरकारको अध्यक्षतामा अनलाइन सम्पन्न भयो। आयोगले सिक्किममा ग्लेशियर र ग्लेशियर तालका हाजार्ड्ससँग सम्बन्धित केही महत्वपूर्ण क्षेत्रहरूको चर्चा गरेको थियो। बैठकमा डा कालचन्द साईं, पूर्व निर्देशक वाडिया इन्स्टिच्युट अफ हिमालयन जियोलोजी, प्रोफेसर अनिल गुप्ता, आईआईटी रुरकी, प्रोफेसर राजेश कुमार, केन्द्रीय विश्वविद्यालय राजस्थान, डा असिम सत्तार, आईआईटी भुवनेश्वर, डा प्रदीप कुमार, पीसीसीएफ र वन सचिव, श्रीमती डिकी याङ्जोम, खनिज र भूगर्भ विभागकी सचिव, धिरेन्द्र श्रेष्ठ, प्रमुख निर्देशक, विज्ञान तथा प्रविधि विभाग र डा सन्दीप ताम्बे, सचिव, विज्ञान तथा प्रविधि विभाग, सिक्किम र आयोगका सदस्य सचिवले सहभागिता जनाए। केहि प्रमुख मुद्दाहरूमा चर्चा गरिएको थियो, जसमा जीएलओएफ प्रारम्भिक चेतावनी प्रणालीको आवश्यकता, डेटा र ज्ञान संकलन, जीएलओएफ-खतरापूर्ण क्षेत्रहरूको स्थलगत भ्रमण, जीएलओएफ हाजार्ड जोन म्यापिङ, परिदृश्य सिर्जना गर्नको लागि मोडेलिङ अध्ययन, कम लागतमा प्रारम्भिक कार्यान्वयनको लागि टिपिङ पोइन्टको पहिचान, जीएलओएफ सम्बन्धी प्रचार गतिविधिहरू आदि समावेश थिए। यसबारेमा विज्ञान र प्रविधि विभागले प्रेस विज्ञप्ति जारी गरेको छl  
 

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement