मिरिक: असाधारण प्रतिभा र दृढ संकल्प प्रदर्शन गर्दै प्रोजेक्ट लाइफ दार्जिलिङका सदस्यहरू, बतासिया लुप निवासी ७ वर्षीया शिवानी थापा र सुखाई पोखरीका ५२ वर्षीया नम्पर लेप्चाले मिरिक रोड रनर्स द्वारा आयोजित “मिरिक हिल १०के दोडको” दोस्रो संस्करणमा आ–आफ्नो वर्गमा दोस्रो स्थान हासिल गरिन्।
सेन्ट थोमस स्कूल गान्तोकको सेक्शन ए मा कक्षा ३ मा अध्ययनरत छात्रा शिवानीले ३ किमी अन्तर विद्यालय दौडमा दोस्रो स्थान हासिल गरिन्। उनको उपलब्धि उनको समर्पणको प्रमाण हो, किनकि उनले पहिले नै जेबीजी गोरखा १०के, एसएमआईटी २.०, डीकेकेएस एथलेटिक मीट, र गान्तोक जिल्ला एथलेटिक मीट जस्ता धेरै प्रतिष्ठित दोडहरूमा भाग लिइसकेकी छिन्।
उनको प्रेरणादायी उपस्थितिको लागि परिचित, उनले एसएमआईटी २.० र मिरिक हिल १०के रनका लागि ब्राण्ड एम्बासेडरको रूपमा पनि सेवा गरिसकेकी छिन् र १७ नोभेम्बर २०२४ मा हुने दार्जिलिङ जुनियरथनको आगामी ४औं संस्करणमा यो भूमिका जारी राख्ने छिन्।
शिवानीको यात्रालाई उनका आमाबुवा, बिक्रम थापा र रेणु राणाले पालेका छन्, जसले उनलाई सानैदेखि दौडने जोशलाई प्रोत्साहित गरेका छन्। खेलकुदप्रति उनको प्रतिबद्धता र उनको ब्राण्ड एम्बासेडरको भूमिकाले यस क्षेत्रका नानीहरूलाई प्रेरणाको रूपमा काम गरेका छन।
सोही इभेन्टमा ५२ वर्षीय नाम्पर लेप्चाले १० किलोमिटर वेटरन्स वर्गमा उल्लेखनीय दोस्रो स्थान हासिल गरे । लेप्चाको सहभागिताले उनको फिटनेस प्रतिको निरन्तर समर्पण र प्रोजेक्ट लाइफको प्रमुख सदस्यको रूपमा उनको भूमिकालाई हाइलाइट गर्दछ।
यस कार्यक्रममा प्रोजेक्ट लाइफको करिब ३० सदस्यहरूले भाग लिएका थिए। प्रोजेक्ट लाइफका संयोजक श्री बिक्रम थापाका अनुसार, यस स्तरको संलग्नताले सबै उमेर समूहका लागि शारीरिक क्रियाकलाप र तन्दुरुस्तीलाई प्रोत्साहन गर्ने समूहको प्रतिबद्धतालाई जोड दिन्छ।