खरसाङ: एनएचपीसी स्वर्ण जयन्ती पुगेको अवसरमा टिस्टा जलविद्युत् परियोजना चरण तीन अनि चारलाई लिएर कालीझोडामा भव्यताको साथ स्वर्ण जयन्ती पालन गरियो। आजको कार्यक्रमका प्रमुख अतिथि भूपू ईडी सुबास रोयलाई एनएचपीसी चरण तीन अनि चारका एचओपी पी.के रायले स्मृति चिन्ह प्रदान गर्दै सम्मान जनाए। कार्यक्रममा रम्बी केन्द्रिय विद्यालय, मङपू शारदा विद्यालय, बाख्राकोट विद्यालय अनि स्थानीय संघ संस्थाका नानीहरु सुन्दर गीत नृत्य आदि प्रस्तुत गरे।

यसरी नै यस स्थापना दिवास अनि स्वर्ण जयन्ती समारोहमा एनएचपीसी जलविद्युत् परियोजना चरण तीन अनि चारका अधिकारी, कर्मचारी अनि सम्पूर्ण श्रमिकहरु उपस्थित थिए। स्मरण रहोस् आजको समारोहका प्रमुख अतिथि एनएचपीसीका पुर्व ईडी सुबास रोईको योगदानको कारण नै एनएचपीसी टीएलडीपी चरण चार कालीझोडा ड्याम्म सफलतापुर्वक साथ सञ्चालन भएकोे हो अनि उनको योगदानलाई कदर गर्दै एनएचपीसीले आज स्वर्ण जयन्तीको अवसरमा उनलाई सम्मानित गरिएको कुरा एनएचपीसीका एचओपी पी. के रायले जनाए।

पत्रकारहरुसित सम्बोधन गर्दै एनएचपीसीका एचओपी पीके रायले एनएचपीसीले देशमा विद्युत उत्पादनसंगै देशको विकासमा पनि कार्य गरिरहेको र यस क्षेत्र एनएचपीसी टीएलडीपी तीन रम्बी अनि एनएचपीसी टीएलडीपी चार कालीझोडामा पनि विधुत उत्पादनसंगै यस क्षेत्रमा विभिन्न बिकासमुलक कार्य गरिरहेको कुरा जनाए।एचओपी रायले एनएचपीसीले तक्दाहमा इन्जिनियरिङ कलेजसंगै, विद्यालय भवन सार्वजनिक शौचालय, सार्वजनिक भवन अनि अन्य थुप्रै समाजिक कार्यहरु गरिरहेको कुरा जनाए। हाल एनएचपीसी टीएलडीपी चरण चारका सम्पूर्ण युनिटबाट विद्युत उत्पादन भईरहेता पनि टीएलडीपी तीन २७ माईलमा भने गत वर्ष टिस्टा नदीमा आएको प्राकृतिक प्रकोप अनि बाढीको कारण एनएचपीसीको लामो प्रयासपछि चारवटा युनिटमध्ये तीन युनिटबाट मात्र विद्युत उत्पादन भईरहेको कुरा जनाए।

आज एनएचपीसीले स्वर्ण जयन्ती पालन गरेकोमा सम्पूर्णलाई शुभकामना व्यक्त गर्दै स्थानीय जनताको सहयोग कारण नै एनएचपीसी टीएलडीपी चरण तीन अनि चारमा सफलतापूर्वक सञ्चालन भईरहेकोमा सम्पूर्ण जनतालाई आभार व्यक्त गरे।









