परिचय साहित्य महोत्सवमा सिक्किम र दार्जीलिङका कविहरुको बेजोड़ प्रस्तुती

IMG-20241110-WA0222

गान्तोक: भुवनेश्वरमा आयोजित “परिचय साहित्य महोत्सव-२०२४” को तीन दिवसीय कार्यक्रम सम्पन्न भयो। राजधानी भुवनेश्वरको नयाँ अडिटोरियममा सम्पन्न भएको कार्यक्रममा देशभरिका विभिन्न प्रान्तका साहित्यकारहरुको सहभागिता रहेको थियो। यस भव्य महोत्सवको उद्घाटन लोकसभा सांसद अपराजिता सरंगीद्वारा गरिएको थियो। भारतका विभिन्न प्रान्तहरूबाट आएका दुई सयभन्दा बडी कविहरूले कविता वाचन गरेका थिए साथै प्यानल डिस्कसनमा पनि भाग लिएका थिए। सिक्किमका कविद्वय दीपा राईले कविता “ह्याप्पी वुमन्स डे” वाचन गरिन् भने कवि निलम गुरूङले कविता “मेरो देश पुरूष हो” वाचन गरिन्। जसको प्रस्तुतीले निकै प्रशंसा पाएको थियो। दार्जिलिङका कवि सन्जीब गुरुङले ‘मेरी आमा´अनि मिरिकका कवि सिद्धार्थ राईले `वनारस´ कविता वाचन गरे। नेपालीभाषी कविहरूका कविताहरू उत्कृष्ट, अलग मीठास रहेको स्थापित कवि नीरज नीरले बताए। कवि दीपा राईले नर्थईस्ट राज्य सिक्किम तथा नेपाली भाषी कविहरूलाई यस महोत्सवमा समावेश गरेकोमा आयोजक मण्डलीका अध्यक्ष डा. रोजलिन पटासपनी मिश्रा अनि मुख्य सल्लाहकार, डा फाणी मोहन्तोर लाई आभार प्रकट गरिन्। यो महोत्सवले ३० भाषामा पुस्तकहरूको विमोचन गरियो भने २६ राज्यका प्रसिद्ध लेखकहरुलाई समावेश गरेको थियो। महोत्सवको उद्घाटन समारोहमा भियतनामका एक लोक कला समूहले सुन्दर सांस्कृतिक रंगारग कला प्रस्तुत गरेका थिए भने ओडिसाका विभिन्न सांस्कृतिक कार्यक्रमहरूको प्रस्तुति पनि रहेको थियो।

About Author

Advertisement