अष्ट्रेलियाविरुद्ध तेस्रो वनडे र सीरीज दुवै जित्यो पाकिस्तानले

IMG-20241110-WA0167

पर्थ: पाकिस्तानले वनडे सीरीजको तेस्रो तथा निर्णायक म्याचमा आयोजक अष्ट्रेलियालाई ८ विकेटले पराजित गऱ्यो। यस जीतको साथै पाकिस्तानले आइतवार वनडे सीरीज पनि २-१-ले जित्यो। मेलबर्नमा सीरीजको पहिलो म्याच हारेपछि पाकिस्तानले असाधारण पुनरागमन गर्दै रहल दुवै म्याच जित्यो। पर्थ स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै अष्ट्रेलियाई टीम ३१.१ ओभरमा केवल १४० रन बनाएर अलआउट भयो। पाकिस्तानका पेस बलरहरूले म्याचमा असाधारण बलिंग गर्दै जम्मा ९ विकेट लिए। अधिकांंश सीनियर खेलाड़ीहरू बिना खेलिरहेको अष्ट्रेलियाले लगातार अन्तरालमा विकेट गुमायो। यसैकारण कुनै ठूलो पार्टनरशीप हुन सकेन। आठौं नम्बरमा ब्याटिंग गर्ने सीन एबटले ३० रन नबनाएको भए अष्ट्रेलिया १००-को स्कोरसम्म पनि पुग्न सक्ने थिएन। एबट बाहेक ओपनर म्याथ्यू शर्टले २२ र एडम जाम्पाले १३ रन बनाए। कूपर कोनोली ७ रनको निजी स्कोरमा रिटायर्ड हर्ट भए। पाकिस्तानका बलरहरूमा शाहीन शाह अफरीदी र नसीम शाहले ३-३ विकेट लिए। यसरी हारिस रऊफले २ र मोहम्मद हसनैनले १ सफलता हासिल गरे। त्यसपछि पाकिस्तानले २६.५ ओभरमै २ विकेटमा १४३ रन बनाएर म्याच जित्यो। पाकिस्तानलाई सईम अयूब (४२ रन) र अब्दुल्ला शफीक (३७ रन)-को ओपनिंग जोड़ीले असल शुरुवात दिलायो। यी दुईले पहिलो विकेटको निम्ति १७.१ ओभरमा ८४ रनको पार्टरशीप गरे। पाकिस्तानले पछिबाट यी दुईजनालाई ५ बलको अन्तमा गुमाए पनि अष्ट्रेलियाले कुनै फाइदा लिन सकेन। त्यसपछि बाबर आजम र कप्तान मोहम्मद रिजवानले तेस्रो विकेटको निम्ति ५८ रनको अटूट पार्टनरशीप गरी पाकिस्तानलाई सजिलै जीत दिलाए। बाबरले अविजित २८ र रिजवानले अविजित ३० रन बनाए। अष्ट्रेलियाई बलरहरूमा लान्स मोरिसले दुवै विकेट हासिल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement