डा. जीवन नामदुंगद्वारा सम्पादित कुमार घिसिङ रचना सञ्चयन लोकार्पण

IMG-20241109-WA0185

सोनादा: भारतीय नेपाली साहित्यका लब्धप्रतिष्ठित साहित्यकार कुमार घिसिङ रचना सञ्चयन लोकार्पण समारोह शनिवार स्कट मिशन प्राथमिक पाठशाला भवन सोनादामा सम्पन्न भयो। सोनादा साहित्य संस्थानद्वारा आयोजित उक्त लोकार्पण समारोहको अध्यक्षता साहित्यकार जोगेन दर्नालले गरेका थिए भने प्रमुख अतिथिको रूपमा वरिष्ठ साहित्यकार डा. जीवन नामदुंग अनि विशिष्ट अतिथिहरूमा संस्थानका उपाध्यक्ष जेके राई, प्राचार्य देवकुमार प्रधान, साहित्यकार रामराज राई आदि उपस्थित थिए। ९ अक्टोबर सन् १९३२ मा सोनादामा जन्मिएका साहित्यकार कुमार घिसिङले नेपाली कथा, कविता, अनुवाद, नाटक, निबन्ध आदि विधाहरूमा अनवरत कलम चलाएका थिए भने सानी, रूख, दुनघाटी नालापानी, वलीको पर्वत जस्ता प्रसिद्ध कृतिहरू पनि प्रकाशित गरेका थिए। उनको देहावसान 9 नोभेम्बर २०२३ मा भएको थियो। उनी सोनादा ग्रामीण पुस्तकालयका संस्थापक साथै हिमालयन वाणी विद्या मन्दिर पाठशाला मान्यता दिलाउने सचिव अनि थुप्रै साहित्यिक, सामाजिक संघ संस्थाहरूसित सक्रीय रूपमा संलग्न व्यक्तित्व थिए। आज उनकै 21 औँ वार्षिक पुण्यतिथिको अवसर पारेर घिसिङ सपरिवारको सौजन्यमा डा जीवन नामदुंगद्वारा सम्पादित तथा साहित्य अकादमीद्वारा प्रकाशित कुमार घिसिङ रचना सञ्चयन विधिवत लोकार्पण गरियो।
शिक्षक एमबी प्रधानद्वारा स्वागत मन्तव्य राखेपछि कवि बुद्ध राईले कुमार घिसिङ रचित बलिको पर्वत कविता वाचन गरे।समारोहलाई सम्बोधन गर्दै डा जीवन नामदुंगले कुमार घिसिङ खाँटी कथाकार, कवि, अनुवादक अनि सामाजिक अभियन्ता रहेको बताए। सत्तरको दशकमा भाषा आन्दोलनको समय नेपाली भाषाको मान्यताको आवाज हिन्दी भाषामा प्रष्फुटन गरी निरन्तर लेखहरू लेखिरहने एक मात्र सर्जक कुमार घिसिङ नै थिए। उनले काम राम्रो होस् वा नराम्रो त्यसको समयमा मूल्याङ्कन हुन्छ भन्दै कुमार घिसिङको पनि सही कार्यको मूल्याङ्कन समय र समाजले गर्छ भन्दै उपस्थित सबैमा आभार प्रकट गरे। सोनादा साहित्य संस्थानका मूल सचिव कवि नरेश कटुवालद्वारा सञ्चालन गरिएको उक्त समारोहमा कुमार घिसिङको सुपुत्री दिप्ती घिसिङले धन्यवाद ज्ञापन गर्दै आगामी वर्षदेखि सोनादा साहित्य संस्थानको ब्यानरमा एकजना साहित्य सर्जकलाई साहित्यकार कुमार घिसिङ स्मृति सम्मान अर्पण गरिने घोषणा गरिन्। समारोहमा सर्जक रसिक छेत्री, कुमार घिसिङको ज्वाई प्रेम लाक्पा शेर्पा, लोवर सोनादा ग्राम पञ्चायत उप प्रधान थिलेन लामा, पूर्व शिक्षक सुरेन राई, सर्जक सुधा राई, सह सचिव मञ्जरी गुरुङ, स्कट मिशन प्राथमिक पाठशालाका शिक्षक शिक्षिकाहरू लगायत साहित्यानुरागीहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement