सरकारी अस्पतालकी महिला डाक्टरद्वारा बिमारीलाई नर्सिंग होममा पठाएको मामला

IMG-20241109-WA0176

कोचबिहार: दिनहाटा महकमा अस्पतालको ड्यूटीमा तैनात एक महिला डाक्टरमाथि आरोप लगाइएको छ कि उनले एक बिमारी र उनका परिवारलाई दिनहाटाको एक निजी नर्सिंग होममा लागिन्l उत्तर बंगाल विकास मन्त्री उदयन गुहाले सोशल मीडिया फेसबुकमा पूरा घटनाको जानकारी लेखेl घटना प्रकाशमा आएपछि तृणमूल कांग्रेसका प्रतिनिधिमण्डल दिनहाटा महकुमा अस्पतालमा पुगेl निरीक्षणको दौरान उनीहरूले अस्पतालको विभिन्न स्थितिहरूमा असन्तोष व्यक्त गरेl यता मन्त्रीले सोशल मीडियामा लेखे कि दिनहाटामा एक महिला डाक्टरले एक बिमारीसित भनिरहेकी थिइन् कि उनी गर्भमा रहेको शिशुको स्थिति राम्रो नभएको अनि बिमारीलाई छिट्टै प्रसवको लागि एक निजी अस्पतालमा भर्ती गराउनु पर्छ। यो सुनेपछि बिमारीका परिवार आफ्नो बिमारीलाई दिनहाटाको एक निजी अस्पतालमा लिएर गए अनि त्यहाँ २२ हजार रुपियाँमा बिमारीको ओपरेशन गरियोl जब मन्त्रीले बिमारीलाई एक निजी नर्सिंग होममा स्थानान्तर गरेको सुने, र उनले निजी अस्पतालका मालिकलाई बोलाए अनि बिमारीको ओपरेशन गर्ने डाक्टरलाई पनि बोलाए र मन्त्रीले केही रकम मात्र लिने आदेश दिए। यस घटनाको सम्बन्धमा दिनहाटा महकुमा अस्पतालका अधीक्षक रञ्‍जित मण्डलले भने कि उनीद्वारा गरिएको शिकायतहरूको जाँच गैरहेको छ अनि सेवामा सुधारको लागि उपाय गरिरहेको छl

About Author

Advertisement