गान्तोक: राजधानीको देवरालीस्थित क्यू क्लबमा आजदेखि फर्स्ट विन्टर स्टेट स्नूकर च्याम्पियनशीप शुरू भयो। स्नूकर एसोसिएसन अफ सिक्किमका अध्यक्ष तथा बासुदेव शर्माकी माता सीतादेवी शर्माको स्मृतिमा आयोजित यस प्रतियोगिताको आज उनकै नातिनी निर्भी शर्माको बाहुलीद्वारा विधिवत उद्वघाटन गरियो। यस अवसरमा स्नूकर एसोशियशन अफ सिक्किमका अध्यक्ष बासु शर्मा लगायत प्रतियोगीहरू सहभागी थिए। आगामी १० नोभेम्बरको दिन यस प्रतियोगिताको फाइनल खेल सम्पन्न हुनेछ भने राज्यभरिका ५० अधिक प्रतियोगीहरूले सहभागिता जनाउनेछन्। यस प्रतियोगिताका विजेतालाई डेढ लाख रुपियाँ सहित आकर्षक ट्रफी प्रदान गरिनेछ भने उपविजेतालाई ७५ हजार र दुईजना सेमिफाईनालिस्टलाई २५ हजार तथा उच्च स्कोररलाई २५ हजार रुपियाँ पारितोषिक स्वरूप प्रदान गरिनेछ। पत्राकारहरुसित कुरा गर्दै स्नूकर एसोशियशन अफ सिक्किमका सदस्य श्याम छेत्रीले यस प्रतियोगिता आय़ोजनको औचित्यमाथि प्रकाश पारे।