प्यांगोलिन स्केलसहित तस्कर पक्राउ, ४ किलो ६०० ग्राम प्यांगोलिन स्केल बरामद

IMG-20241107-WA0260

सिलगढी: लुप्तप्राय प्यांगोलिन स्केल तस्करी अघि बरामद। सिलगढी डिभिजनको बागडोग्रा वन विभागले सूचनाको आधारमा कारबाही गर्दै एक व्यक्तिलाई प्यांगोलिनको स्केलसहित पक्राउ गरेको छ। पक्रा पर्नेको नाम तनुज दास बताइएको छ। गोप्य स्रोतबाट सूचना पाएपछि बागडोग्रा वन विभागका कर्मचारीले तनुज दासलाई पक्राउ गरेका हुन्।

उनको साथबाट ४ केजी ६०० ग्राम प्यांगोलिनको स्केल बरामद भएको छ। यो असमबाट नमूनाको रूपमा ल्याइएको थियो। नेपाल हुँदै चीनमा तस्करी गर्ने योजना रहेको आशंका गरिएको छ। बागडोग्रा रेन्जका रेन्जर सोनम भुटियाले भने, ‘उत्तर लखिमपुर, असमका निवासी फ्लाईओभर मुनि कसैको पर्खाइमा प्यांगोलिन स्केल तस्करी गर्दै थिए, जब उनलाई छापा मारेर पक्राउ गरियो।‘

About Author

Advertisement