मकवानपुर: मकवानपुरको भीमफेदी गाउँपालिका-८ दोभानमा करेन्ट लागेर एक सैनिकको मृत्यु भएको छ।
सडक निर्माण कार्यदल सिस्नेरी बेसक्याम्पमा कार्यरत डडेलधुरा गन्यापधुरा गाउँपालिका-१ घर भएका लेसनायक २९ वर्षीय पदमबहादुर दियालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
बिहीबार बेसक्याम्पमा सञ्चार उपकरणको पाइप गाड्ने क्रममा हाइटेन्सन लाइनको तारमा पाइपले छुँदा दियाललाई करेन्ट लागेको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
करेन्ट लागेर बेस क्याम्पमै कार्यरत डडेलधुरा अमरगढी नगरपालिका-२ घर भएका लेसनायक २९ वर्षीय विनोद केसी, पाल्पाको रामपुर नगरपालिका-६ घर भएका सिपाही २१ वर्षीय युवराज कुमाल घाइते भएका थिए।